अल्पकालीन,दीर्घकालिन र मध्यकालीन रणनीतिक कार्यायोजना बनाउन सरकारलाई राष्ट्रपति भण्डारीको सुझाव | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

अल्पकालीन,दीर्घकालिन र मध्यकालीन रणनीतिक कार्यायोजना बनाउन सरकारलाई राष्ट्रपति भण्डारीको सुझाव

Presedent Bidya Devi Bhandari

काठमाडौं, २१ असोज । राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपाल, सुःखी नेपाली’ को परिकल्पनालाई साकार पार्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजना बनाउन सरकारलाई सुझाव दिएका छन् ।

राष्ट्रपति भण्डारीले स्वच्छ वातावरण निर्माणमा सबै नागरिकले विशेष ध्यान दिनुपर्र्नेमा पनि जोड दिए । आईतबार काठमाडौंमा आयोजित वातावरण सम्मेलनलाई सम्बोधन गर्दै उनले वातावरण प्रदुषण हुन नदिन र जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्दै लैजान तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति भण्डारीले वायु प्रदुषण न्यूनिकरणका लागि पेट्रोलियम पदार्थलगायतका वायु प्रदुषण गर्ने पदार्थहरुमा लगाइएको कर सदुपयोग गर्न उपयुक्त हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण विनाशलाई रोक्न प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे । उनले जलवायु परिवर्तनले जनजीवनमा पारेको प्रभाव रोक्न सरकार लागि पर्ने पनि बताए । मन्त्री बस्नेतले वातावरण सम्मेलनले स्वच्छ वातावरण निर्माणका लागि ठोस धारणा तय गर्न सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);