नागढुङगा-नौबिसे जाम खुलाउन विशेष फोर्स | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

नागढुङगा-नौबिसे जाम खुलाउन विशेष फोर्स

naubise nagghunga

काठमाडौं, २१ असोज । राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा नौविसे सडकखण्डको बढ्दो ट्राफिक जामलाई कम गर्न प्रहरीले अस्थायी पोस्ट स्थापना गरेको छ ।

काठमाडौंको कलंकीदेखि धादिङको सिम्लेसम्म लामो जामका कारण यात्रुले सास्ती व्यहोर्नुपरेपछि प्रहरीले विशेष फोर्स खटाएर जाम कम गराएको समाचार छ ।

लामो जामले चाडपर्व मनाउन हिँडेकाहरु बाटोमा नै अलपत्र पर्न थालेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त लामा र धादिङ प्रहरी प्रमुख एसपी डम्बर विकले नागढुंगा सडकखण्डको निरीक्षण गरी विशेष योजना ल्याएको हो । आजको नागरिक दैनिकको पृष्ठ ३ मा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);