सवारीचालक अनुमति पत्रको माग राख्दै बहिरा नागरिकको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

सवारीचालक अनुमति पत्रको माग राख्दै बहिरा नागरिकको प्रदर्शन

bahira andolan

अप्सरा गौतम
काठमाडौं, १९ असोज । बहिरा नागरिकहरुले सवारी चालक अनुमती–पत्र ‘लाइसेन्स’ दिनुपर्नै माग राख्दै आन्दोलन सुरु गरेका छन् । सर्बाेच्च अदालतले सरकारको नाममा जारी गरेको परमादेशको समेत सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।

छ वर्ष अघि सर्वाेच्च अदालतले बहिराहरुलाई सवारी चालक अनुमती पत्र दिनु भनी सरकारको नाममा परमादेश जारी गरेको थियो । त्यो आदेश कार्यान्वयन नभएको र कार्यान्वयन गर्न सरकारले आलटाल गरेको भन्दै बहिरा नागरिकले आन्दोलन सुरु गरेका छन् । अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने एक सय भन्दा बढी राष्ट्रहरुले बहिरा नागरिकलाई चालक अनुमतीपत्र लाईसेन्स दिईसकेको अवस्था छ । भारतमा पनि भरखरै मात्र सर्घषका कार्यक्रम गरेर बहिराहरुले चालक अनुमतीपत्र प्राप्त गरेकाछन । अहिले नेपाल पनि सरकारले भने बहिराहरुलाई बेवास्ता गरेको गुनासो गर्दै आन्दोलन सुरु भएको छ ।

यूएनसीआरपीडि अपाङ्गता भएका ब्यक्तिहरुको अपाङ्गता सम्वन्धी महासन्धीमा नेपाल सरकारले हस्ताक्षर गरिसकेको छ । महासन्धीले कुनैपनि नागरिकलाई अपाङ्गगता भएका कारणले भेदभाव गर्न नपाउने व्यवस्था गरेको छ । तर, त्यो भेदभावमुक्त समाज निर्माणमा सरकार चासो नराखेको गुनासो गर्दै बहिरा नागरिक सडकमा ओर्लिएका हुन् ।

अरु नागरिक सरह बहिरा पनि कामकाजी हुने भएकाले कामका क्रममा आउने जाने शिलशिलामा सवारीचालक अनुमतीपत्र दिएमा आफुहरुलाई सजिलो हुने उनीहरुको भनाई छ । उनीहरु भन्छन् –सरकारले बहिरालाई लाइसेन्स नदिदा स्वाभिमान र समानताको संवैधानिक हक दुबै छिनिएको महसुस भएको छ ।

२०६८ सालको जनगणना अनुसार नेपालमा लगभग ८० हजार बहिरा नागरिक छन । तर, नेपाल बहिरा संघले तीन लाखको हाराहारीमा बहिरा नागरिक रहेको दावी गर्नेगरेको छ ।