साँगादेखि धुलिखेल चोकसम्मको अरनिको राजमार्गलाई चौडा बनाउने काम शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

साँगादेखि धुलिखेल चोकसम्मको अरनिको राजमार्गलाई चौडा बनाउने काम शुरु

road

बनेपा, १९ असोज । बनेपा नगरपालिकाले काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेल चोकसम्मको अरनिको राजमार्गलाई चौडा बनाउने काम शुरु गरेको छ ।

तर स्थानीय जनताले भने दशैको मुखमा आएर सरकारले आफ्ना घर टहरा भत्काएर दशैलाई दशामा परिणत गरिदिएको गुनासो गरेका छन् । बनाइएका घर टहराहरु भत्काएर यस्तो भद्रगोल अवस्थामा राखिएको छ भने कतिपय ठाँउमा डोजरले धमाधम भत्काइदैछ ।

बनेपा नगरपालिकाको निर्णयको विरोधमा गत असोज १५ गते स्थानीय सडकमा नै उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता दिपक गिरीको भनाई छ । साँगादेखि धुलिखेलसम्मका १ सय ५६ वटा घर, टहरा हटाइनेछ । अहीले सम्ममा ९६ वटा घर टहरा भत्काइएको प्रहरीले जनाएको छ ।

नगरपालिकाले अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दाया बायाँ २५ गज सडक सिमानाभित्र रहेका घर टहरा हटाउन सूचना जारी गरेको थियो । स्थानीय बासिन्दाले घर टहराहरु हटाउन सडक विभाग, डिभिजन सडक कार्यालय भक्तपुरबाट सूचना समेत जारी गरिएको आफूलाई जानकारी गराएको तर दशैं तिहार पछि मात्र घरटहरा हटाउन सरकारसँग माग गर्दा त्यसलाई बेवास्ता गरिएको स्थानीयको गुनासो छ ।

चाडपर्बको मुखमा आफूहरुलाई सरकारले बिस्तापित गरेर सामान्य मानबीयताको भावना सम्म नदेखाएको स्थानीयको दुखेसो छ । बनेपा नगरपालिकाले काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेल चोकसम्मको अरनिको राजमार्गलाई चौडा बनाउने काम शुरु गरेको छ । तर स्थानीय जनताले भने दशैको मुखमा आएर सरकारले आफ्ना घर टहरा भत्काएर दशैलाई दशामा परिणत गरिदिएको गुनासो गरेका छन् । बनाइएका घर टहराहरु भत्काएर यस्तो भद्रगोल अवस्थामा राखिएको छ भने कतिपय ठाँउमा डोजरले धमाधम भत्काइदैछ ।

बनेपा नगरपालिकाको निर्णयको विरोधमा गत असोज १५ गते स्थानीय सडकमा नै उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता दिपक गिरीको भनाई छ । साँगादेखि धुलिखेलसम्मका १ सय ५६ वटा घर, टहरा हटाइनेछ । अहीले सम्ममा ९६ वटा घर टहरा भत्काइएको प्रहरीले जनाएको छ ।

नगरपालिकाले अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दाया बायाँ २५ गज सडक सिमानाभित्र रहेका घर टहरा हटाउन सूचना जारी गरेको थियो । स्थानीय बासिन्दाले घर टहराहरु हटाउन सडक विभाग, डिभिजन सडक कार्यालय भक्तपुरबाट सूचना समेत जारी गरिएको आफूलाई जानकारी गराएको तर दशैं तिहार पछि मात्र घरटहरा हटाउन सरकारसँग माग गर्दा त्यसलाई बेवास्ता गरिएको स्थानीयको गुनासो छ । चाडपर्बको मुखमा आफूहरुलाई सरकारले बिस्तापित गरेर सामान्य मानबीयताको भावना सम्म नदेखाएको स्थानीयको दुखेसो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);