नागढुुङा कलंकी सडक निर्माणकार्य अझै सम्पन्न हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

नागढुुङा कलंकी सडक निर्माणकार्य अझै सम्पन्न हुन सकेन

kalanki road

काठमाडौं, १८ असोज । राजधानी प्रवेस गर्नै मुख्य नाका नागढुुङा कलंकी सडक खण्ड निर्माणकार्य समयमा सम्पन्न हुन सकेको छैन ।

निर्माण कार्य समयमा हुन नसक्दा स्थानीयका साथै सो बाटो भएर यात्रा गर्ने यात्रुहरु धुलो र धुवाँ बाट पिडित बनेका छन । २०७२ बाट सडक विस्तार सुरु भएको कलंकी नागढुुङगा सडक खण्ड बनाउन २०७४ पुुष सम्मको समय दिएको थियो । तोकेको समय सकियो तर सडक निर्माणको काम भने सकिएन । झण्डै एक अर्व लगानीमा निर्माण हुदै गरेको सो सडक निर्माणका लागी स्थानीयले पटक पटक सम्वन्धीत निकायको ध्यानकर्षण गराएपनि सुनुवाई हुन सकेको छैन ।

बाटो निर्माणका लागि सडक विभाग लगाएतका सरकोकारवाला निकायले समेत समयमै निर्माण सम्पन्न गर्न तदारुकता नदेखाउदा सर्वसाधारण सास्ती खेप्न वाध्य भएका छन । कलंकी नागढुुङगा सडकमा अनुुगमनका क्रममा मन्त्री रघुविर महासेठले भदौ १२ गते सम्ममा सडकलाई धुलो र खाल्डो रहित बनउन निर्दैशन दिए । तर मन्त्रीको निर्देशन निर्देशनमा मात्र सिमित रहयो । ९ किलोमिटरको कलंकी नागढुुङगा सडकखण्ड पार गर्न ५ घण्टा सम्मको समय लाग्ने गरेको यात्रुहरुले बताएका छन ।

सडकमा पानी परे हिलोको आहाल बन्छ, घाम लागे धुलो । सो खण्डमा सडक निर्माण कार्य ढिलो हुँदा स्थानीय धुवाँ र धुलोबाट पीडित बनेका छन् भने सो रुट हुँदै बाहिरिने सवारीका यात्रुहरुले समेत समस्या भोग्दै आएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);