उपाध्यक्षसहित लोकतान्त्रिक फोरमका नेताहरु माओवादीमा प्रवेश गर्दै | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

काठमाडौँ, ९ भदौ । नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामेश्वर राय यादव माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्। यादव भदौ १४ गते सर्लाहीबाट माओवादीमा प्रवेश गर्ने तयारी रहेको माओवादी केन्द्रका नेता मात्रिका यादवले बताएका छन्।

 

स्थानीय निकाय निर्वाचन गर्न बाँकी रहेको प्रदेश नम्बर २ मा माओवादीले पहिलो दल बन्ने दाबी गरिरहेका बेला लोकतान्त्रिक फोरमका प्रभावशाली नेता सहितको समुह माओवादीमा प्रवेश गर्नुलाई निकै महत्वका साथ हेरिएको छ।

 

‘सकभर पहिलो शक्ति बन्नेछौँ, त्यस्तो हुन नसके शक्तिचाहिँ दोस्रो पक्कै हुन्छौँ,’ यादवले भने । सरकारमा हुँदा मधेस–पहाड जोड्ने काम गरेकाले मधेसी जनताले माओवादीलाई जिताउने यादवको दाबी गरे।

 

उता यस अगाडिका निर्वाचनमा भाग नलिकन बिथोल्न लागिपरेको राजपा पनि यस निर्वाचनमा आउने आधिकारीक घोषणा नै गरेर लागेको छ भने तत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रसँग तालमेल गर्ने समेत तयारी भैरहेको बताईएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);