प्रतिवेदन सार्वजनिक गरि दोषिलाई कारवाहीको माग गर्दै प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रतिवेदन सार्वजनिक गरि दोषिलाई कारवाहीको माग गर्दै प्रदर्शन

काठमाडौं, १३ असोज । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरि दोषिलाई कारवाहीको माग गर्दै राजधानीको माईतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरिएको छ ।

निर्मला पन्तको न्यायका लागि स्वतः स्फुर्त रुपमा शनिबार राजधानीको माईतिघर मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे ।

घटनाको दुई महिना भईसक्दा पछि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको प्रमाणित भएको भन्दै उनीहरुले गृहमन्त्री र सरकार विरुद्ध नाराबाजी गरे ।

छानविन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाही गर्नुको साथै मुलुकभरका महिला हिंसाका घटना न्युनिकरणको माग सहितको प्लेकार्ड लिएर भेला भएका युवा अभियन्ताहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए ।

गृहमन्त्रालयद्वारा गठित उच्चस्तरीय छानविन समितिले सो घटनको अध्ययन प्रतिवेदन बुझाई सकेको भएपनि सरकारले अझै प्रतिवेदन सार्वजनिक गरेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);