प्रतिपक्षी दलले उठाएका विषयबारे सम्बन्धीत मन्त्रीले जानकारी दिने प्रतिवद्धता : मन्त्री ढकाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रतिपक्षी दलले उठाएका विषयबारे सम्बन्धीत मन्त्रीले जानकारी दिने प्रतिवद्धता : मन्त्री ढकाल

bhanu bhakta dhakal

काठमाडौं, २८ भदौ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सदनमा प्रतिपक्षी दलले उठाएका विषयबारे शुक्रबारको बैठकमा सम्बन्धीत मन्त्रीले जानकारी दिने प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको विहिबारको दोश्रो बैठकलाई सम्बोधन गर्दै मन्त्री ढकालले निर्मला पन्तको हत्याको घटनाबारे छानविन आयोग निर्माण गरिएको र त्यसको प्रतिवेदन आउन लागेको भन्दै बैठकमा उठेका विभिन्न विषयको सम्बन्धीत मन्त्रीले नै सदनमा जानकारी गराउने बताएका हुन् । पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलले निर्मला पन्तको बलात्कार पछि हत्याको घटना र त्यससंग जोडिएर आएका विषयबारे सरकारसंग जवाफ माग गरेको थियो ।

यस्तै रोल्पा सुलीचौरमा रोल्पाका तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्याको दोषिलाई कारवाहीको दायरामा ल्याउन नसक्नुको कारण तथा खोजतलास साप्ताहिकका सम्पादकलाई विना कारण गिरफ्तार गरिएको भन्दै त्यसबारे जवाफ माग गरेको थियो ।

प्रतिपक्षी दलले सम्बन्धीत घटनामा जवाफ माग गरेपछि सरकारका तर्फबाट कानुन मन्त्री ढकालले दोश्रो बैठकलाई सम्बोधन गर्दै त्यसबारे सरकारले जवाफ दिने प्रतिवद्धता जनाएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);