पेस्तोल देखाई लुटपाट गर्ने सात लुटेरा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

पेस्तोल देखाई लुटपाट गर्ने सात लुटेरा पक्राउ

lutera pakrau

सिरहा, १२ असोज ।  सिरहाका दुई जना सहकारी कर्मचारीसँग पेस्तोल देखाएर रकम लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सिरहाले पेस्तोल देखाई रकम लुटपाट गर्ने सात जना लुटेरालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा एक जना भारतीय नागरीक सहित ६ जना धनुषा जिल्लाका नेपाली रहेका छन् ।

सम्मेलनमा प्रहरीले गत भदौं २८ गते भएको लुटपाट घटनामा संलग्नहरुलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्ंधान अगाडी वढाईएको जानकारी दिएको छ । त्यस्तै प्रहरीले उनिहरुबाट २ थान पेस्तोल,१४ राउण्ड गोलि ,६ वटा मोवाइल र २ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

लुटेराहरुले सिरहा नगरपालिका २२ सृजना सामुदायिक सहकारी शाखा सिरहाका फिल्ड सहायक हरेराम पण्डित र कनिष्ठ अधिकृत लालकुमार सिंहसँग पेस्तोल देखाएर रकम, मोटरसाईकल र मोबाईल लुटेर फरार भएका थिए । तर, रकम भने हाल सम्म प्रहरीले फेला पार्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);