सेयर बजार परिसूचक नेप्से ६ अंकले उकालाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, ८ भदौ । सेयर बजार परिसूचक नेप्से आज ६ अंकले उकालो लागेको छ । होटल बाहेकका सबै समूह सकारात्मक बने पछि समग्र बजार परिसूचक उकालो लागेको हो ।

 

बिहीबार बैंक, विकास बैंक, जलविद्युत्, वित्त, अन्य लगायतका समूह उकालो लागेपछि नेप्से परिसूचक ६ दशमलव पाँच चार अंकले बढेर १६ सय १७ दशमलव आठ एक अंकमा पुगेको छ ।

 

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । बुधबार ६३ करोडको कारोबार भएको बजारमा बिहीबार ६४ करोड ७९ लाखको सेयर किनबेच भएको हो । साताको अन्तिम दिन कुल बजार पुँजीकरण १९ खर्ब ७ अर्ब नाघेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);