काँग्रेस नेता दाहाल नेकपामा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

काँग्रेस नेता दाहाल नेकपामा प्रवेश

काठमाडौं, ९ असोज । नेपाली काँग्रेसका नेता एवम् नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस नेता दाहाललाई मंगलबार बिहान धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराएका हुन् ।

नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायतको भातृ संगठनमा केन्द्रिय नेतृत्वमा रहेर लामो समयसम्म काम गर्दै आएका दाहालले मुलुकको भविष्य निर्माण गर्न सक्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्रै भएको निष्कर्ष सहित आफू सो पार्टीमा प्रवेश गरेको बताए ।

उनले आफू व्यक्तिगत स्वार्थका लागि भन्दा पनि देश र जनताको हितलाई केन्द्रमा राखेर नेकपामा प्रवेश गरेको बताए ।

यता, पार्टी अध्यक्ष प्रचण्डले महेशको क्षमता र अनुभवलाई मुलुकको समृद्धिका लागि सक्दो सदुपयोग गर्ने बताएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न महेशको बहुआयामिक व्यक्तित्वले सघाउ पु¥याउने विश्वास व्यक्त गर्दै उचित जिम्मेवारी दिने आश्वासन दिए ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, नेताहरु अग्नी सापकोटा, कृष्णगोपाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार