जब होनाहार युवाका दुवै मिर्गाैला फेल भए | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जब होनाहार युवाका दुवै मिर्गाैला फेल भए

yuba mirgaula

काठमाडौं, ९ असोज । गोठाले जीवन बन्धनरहित थियो । वस्तुभाउ जंगलतिर पठाइदिएपछि आरामले चर्न थाल्थे । साथीभाइ गुच्चा प्रतियोगितामा रमाउँथ्यौँ । खेलमा झेल हुन्थ्यो । झेल हुँदा विष्णु खत्री कुरा मिलाउन अघि सर्थे । विपक्षमा हुँदा पनि उनी मेरो बचाउ गर्थे ।

१० कक्षासम्म यसैगरी बित्यो । एसएलसी पास गरेपछि म घोराही गएँ । विष्णु लमही । भेटघाट पातलो भयो । चाडपर्वमा घर जाँदा मात्र भेट हुन्थ्यो । भेटिँदाको उल्लास बेग्लै हुन्थ्यो । ०६७ कात्तिक महिना भाइटीका मनाउन घर गएँ । उनी मलीन थिए । विष्णु किन खुसी छैन मनमा प्रश्न खेलिरह्यो । एउटै बेन्चमा बस्यौँ । हिजोको चञ्चल विष्णु थकित देखिन्थे । निकै बेरको मौनतापछि विष्णुले पीडाको पोको खोले । ‘हेर न, खान पनि मन लाग्दैन, हिँड्दा थकाइ लाग्छ, तिर्खा पनि अत्यधिक लाग्छ,’ उनी खुल्दै गए । उनका हातखुट्टा पनि सुन्निएका थिए । ‘नेपालगन्जमा चेक गराउँदा मिर्गौला ९० प्रतिशत खराब भनेको छ, डाक्टरले,’ यसो भन्दा न हर्ष न विस्मात्को भाव देखियो, उनको अनुहारमा ।

भाइटीकाको भोलिपल्ट उनका जेठो दाजुसहित हामी काठमाडौं हानियौँ । भोलिपल्टै वीर अस्पताल पुग्यौँ । ‘कति वर्ष भयौ ’ डाक्टरले सोधे, ‘२३’, विष्णुको जवाफ थियो । सम्पूर्ण स्वास्थ्य जाँच भयो । ‘तपाईंंसँग दुईवटा उपाय छन् । पहिलो, जीवनभर डायलासिस गर्ने र दोस्रो, आमा वा दाजुभाइमध्ये एकजनाबाट मिर्गौला प्रत्यारोपण गराउने’, डाक्टरले भने, ‘डायलासिस गर्न महिनामा २० देखि २५ हजार खर्च हुन्छ । ट्रान्सप्लान्ट गरेमा ८ देखि १२ लाख लाग्छ र मासिक १० देखि १५ हजारको औषधि खानुपर्छ ।’

त्यसवेला विष्णुका दुवै आँखा रसाएका थिए । उनका दाइ डाँको छाडेर रोए । सम्झाउन सक्ने अवस्था थिएन । अन्त्यमा डायलासिस गर्ने योजनामा विष्णु पुग्यो । वीर, टिचिङ, किस्ट र नेसनल किड्नी सेन्टरमा विष्णुको डायलासिस यात्रा सुरु भयो ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);