काठमाडौं, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विभुति अरनिकोले नेपाल र चीनबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पु-याएको बताएकी छन् ।
शनिवार ललितपुर महानगरपालिकाको प्राङ्गणमा राष्ट्रिय विभुति अरनिकोको पूर्णकदको प्रतिमा अनावरण गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । अरनिको जस्ता राष्ट्रिय विभुतिलाई राष्ट्रले गौरव गर्दै सम्मान गर्नुपर्नेमा उनको जोड थियो । साथै सांस्कृतिक सम्बन्ध विस्तारकै कारण अहिले नेपाल चीन सम्बन्ध परिपक्व अवस्थामा रहेको उनले बताइन् ।
त्यस्तै वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले नेपाल र चीनको सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पु-याएकी राष्ट्रिय विभुति अरनिकोको पूर्णकदको प्रतिमा अनावरण गर्न पाउनु राष्ट्रकै लागि खुशीको विषय भएको बताए ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदुत यू होङ्क र संस्कृति, पर्यटन, तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी लगायत सहभागी थिए । साथै चित्रकार तथा अरनिको प्रतिमा निर्माण कर्ता प्रकाशरत्न शाक्यलाई प्रशंसापत्र समेत दिइएको थियो ।