न्यायालयमा राजनीतिक प्रभाव र दवाव भए सरकार कमजोर हुन्छ : सुशीला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

न्यायालयमा राजनीतिक प्रभाव र दवाव भए सरकार कमजोर हुन्छ : सुशीला

काठमाडाैं, ६ असाेज । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा राजनीतिक ‘प्रभाव र दवाव’ पर्न दिन नहुने बताएकी । पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायालयमा राजनीतिक प्रभाव र दवाव भए सरकार आफै कमजोर हुने बताइन् ।

शनिबार आफूद्धारा लिखित पुस्तक ‘न्याय’ सार्वजनिक गर्दै उनले न्यायालयमाथि हुने हस्तक्षेपले लोकतन्त्रमाथि प्रश्न चिन्ह उठाउने बताइन् । विधिको शासनलाई मार्गनिर्देश गर्न पनि सरकारले न्यायालयमाथि हस्तक्षेप गर्न नहुने पूर्व प्रधानन्यायाधिश कार्कीको तर्क छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले पूर्व प्रधानन्यायाधीश कार्कीलाई साहसी प्रधानन्यायाधीशको रुपमा चित्रण गरे । कार्की प्रधानन्यायाधीश नभएको भए भ्रष्टाचारको अभियोग लागेका तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्त बदर गर्न सक्ने अवस्था नहुने उनको दावी थियो ।

पुस्तकमा कार्कीले प्रधानन्यायाधीशको रुपमा खेलेको भूमिकालाई केन्द्रमा राखेर न्याय सम्पादनका विभिन्न आयामको बारेमा चर्चा गरिएको छ । पूर्व प्रधानन्यायाधीश कार्कीले पुस्तकमा आफूले देखेको र भोगेको सत्य कुरा ओकल्ने प्रयास गरिएको बताइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);