अनसनरत डा. केसीलाई भेटपछि पूर्वप्रधानन्यायाधीश कार्कीले के भनिन् ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अनसनरत डा. केसीलाई भेटपछि पूर्वप्रधानन्यायाधीश कार्कीले के भनिन् ?

काठमाडौं, १६ माघ । पूर्वप्रधानन्यायाधीश सुशील कार्कीले सरकारले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नरहेको बताएकी छन् ।

पूर्व प्रधानन्यायाधीश कार्कीले जनताको जीत हुने र सिंगो राष्ट्रकै जीत हुने भएकाले पनि डा. केसीले राखेका बाँकि माग पूरा गर्ने काममा ढिलाई नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएकी छन् ।

बुधबार आमरण अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बुझेपछि उनले डा. केसीको सबै मागलाई पूरा गर्दा प्रधानमन्त्री ओलीको पनि जीत हुने उनको धारणा छ । पूर्व प्रधानन्यायाधीश कार्कीले डा. केसीले जनता र राष्ट्रको माग उठाएकाले त्यसलाई पूरा गर्दा कसैलाई पनि असर नपर्ने बताइन् । डा. केसीको माग जनता र राष्ट्रको भएकाले त्यसलाई सम्बोधन गर्न सरकारले ढिलाई गर्न नहुने उनको भनाई छ ।

पूर्व प्रधानन्यायाधीश कार्कीले डा. केसीको माग पूरा गराउन प्रधानमन्त्री ओलीले बचन दिएको स्मरण गराउँदै केसी सन्यासी भएकाले उनका माग पूरा गराउँदा सबैले जित हुने उनले बताइन् । उनले संचारकर्मीमाझ डा. केसीको वर्षौदेखिको आन्दोलनको कारण नेपालको मेडिकल क्षेत्रमा सुधार हुँदै आएको उल्लेख गरिन् । पूर्व प्रधानन्यायाधीश कार्कीले डा. केसीको माग पूरा गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);