चुरोट छाड्ने चार उपाय | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८१, बिहीबार

चुरोट छाड्ने चार उपाय

smoking

काठमाडौं, ६ असोज । चुरोटको लत छुटाउन भारतले हालै हेल्पलाइन सेवा सुरु गरेको छ। साथै भारतको स्वास्थ्य मन्त्रालयले चुरोटका कारण लाग्ने रोगले प्रभावित अंगहरू तथा दाँत झरेका तस्बिर सार्वजनिक गरेको छ। र, यस्ता तस्बिर चुरोटका बट्टाको ८० प्रतिशत भागमा राख्न चुरोट उत्पादक कम्पनीहरूलाई निर्देशन दिएको छ।

चुरोट कसरी छोड्ने ?

पहिलो उपाय : बिहानै उठेर दुई गिलास पानीमा कागती मिसाएर दैनिक पिउने

दोस्रो उपाय : जब चुरोट पिउन तल्तल् लाग्छ, आफैले आफैलाई सम्झाउनु कि ‘मलाई चुरोट छोड्नु छ।’ चुरोट छाड्न सबैभन्दा बढी आफ्नै इच्छाशक्ति आवश्यक हुन्छ।

तेस्रो उपाय : चुरोट छाड्ने निधो गरिसकेपछि कहिलेदेखि छाड्ने मनमनै मिति तोक्नुहोस्। त्यसपछि पनि तपाईंलाई चुरोट पिउन मन लाग्नेछ । यस्तो बेला तपाईं आरामसँग बस्नोस् र लामो श्वास तानेर पानी पिउनुहोस् । यसो गर्दा तपाईंको ध्यान अन्तै मोडिन्छ।

चौथौ उपाय : अमलालाई घाममा सुकाउनुहोस्, त्यसमा कागती र नुन हालेर बट्टामा राख्नुहोस् र जतिबेला पनि आफ्नै साथमा राख्नुहोस् । जब चुरोट पिउने तल्तल् लाग्छ, त्यतिबेला बट्टाको अमला थोरै–थोरै निकालेर खानुहोस् । यसका साथै मौसम, सुन्तला र अंगुरजस्ता फलफूलका जुस पिउने गर्नाले पनि चुरोटको सम्झना मेटिन सक्छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);