कागजमै सीमित लोकतन्त्र व्यवहारमा देखिएन | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

कागजमै सीमित लोकतन्त्र व्यवहारमा देखिएन

loktantra mela

काठमाडौं, ६ असोज । देशभर उपभोग्य वस्तुको कृत्रिम अभाव सृजना भइरहेका बेला राजधानीको वसन्तपुरमा पहिलोपटक लोकतन्त्र मेला लागेको छ। असोज ४ देखि शुरू भएको सो मेला आज शनिबारसम्म चल्नेछ।

संविधान जारी भएको ३ वर्ष बितिसक्दा पनि आम नागरिकले सोचेअनुरूप उपलब्धि प्राप्त हुन सकेको छैन। राजनीतिक दलले लोकतन्त्र संस्थागत हुनुलाई उल्लेखनीय ठाने पनि आम नागरिकमा निराशा जहाँको त्यहीं नै रहेको छ।

मेला हेरेर फर्केका चन्द्र भट्टले भन्छन्– ‘के गर्नु आफ्नो दुःख आफैसँग छ। मेला गर्नु भनेको पैसा खर्च गर्ने मेलो हो जस्तो लाग्छ। खोइ हामीले लोकतान्त्रिक सास फेर्न पाएको?’

मेला लागे पनि जीवनस्तरमा परिवर्तन आउने गरी नेताहरूले केही नगरेको भन्दै मेलामा सहभागी भएका धादिङका केशवप्रसाद पाण्डे भन्छन् – ‘सर्वसाधारण महँगीको मारमा छन् । मूल्य बढ्या बढ्यै छ । जबसम्म हामी आम जनताको जीवनस्तर उकास्ने गरी व्यावहारिक परिवर्तन आउँदैन। तबसम्म लोकतन्त्र आएको महसुस हुँदैन। कागजमा लोकतन्त्र आएर हुन्छ र?’

लोकतन्त्र स्थापनापछि काठमाडौंमा पहिलोपटक लोकतन्त्र मेला २०७५ शुरू भएको हो। अहिलेसम्म सो मेलामा ५ हजार बढी सर्वसाधारणले अवलोकन गरिसकेको आयोजकले जनाएको छ। राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा आयोजना गरिएको मेला ‘समावेशी लोकतन्त्र ः समृद्ध नेपाल’ भन्ने मूल नारासाथ पहिलोपटक मेला लागेको हो।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);