यातायात ब्यबसायीहरुको आन्दोलनका कारण सार्वजनिक यातायात संचालन नहुँदा यात्रुहरुमा असर | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

यातायात ब्यबसायीहरुको आन्दोलनका कारण सार्वजनिक यातायात संचालन नहुँदा यात्रुहरुमा असर

yatru

काठमाडौं, ४ असोज । नेपालीहरुको महान पर्व दशैका मुखमा आएर यातायात ब्यबसायीहरुको आन्दोलनका कारण सार्वजनिक यातायात संचालन नहुँदा त्यसको असर यात्रुहरुमा परेको छ ।

सरकारले सवारी चालकहरुलाई असर पर्ने गरी कारवाही तथा जरीवाना रकम बढाएर ऐन ल्याएको भन्दै यसलाई परिमार्जन गर्न चालकहरु यातायात नै ठप्प पारी आन्दोलन गरिरहेका छन । आन्दोलनका कारण राजधानी काठमाडौबाट वाहिरीने यात्रुहरु मर्कामा परेका छन ।

यातायात ब्यबसायीहरुले काठमाडौ बाट हेटौडा लगायतका ठाउँमा जाने सुमो सेवा बन्द गर्दा दशैको मुखमा राजधानी बाहिरीने र भित्रिने यात्रुहरु गन्तब्यमा पुग्न सकेका छैनन । कम मात्रामा सुमो चलेका कारण यात्रुहरु महंगो दरमा वैकल्पीक साधन प्रयोग गर्न वाध्य भएका छन । सुमो सेवा वन्द भएको मौका छोपी केहि चालकहरुले आफुखुसि भाडा असुलेर यात्रुहरुलाई गन्तव्यमा पु¥याउदै आएका छन । जसका कारण चर्को भाडा तिरेर यात्रा गर्न बाध्य भएको यात्रुहरुले बताएका छन् ।

सवारी तथा यातायात व्यस्था ऐन २०४९ को दफा १६१ मा सजाय संवन्धी व्यवस्था गरिएको छ । यस अघि उक्त ऐनमा ३५ दिन भित्र उजुरी दिएमा लापर्बाही भएमा २ देखि १० बर्ष कैद सजाय व्यवस्था गरिएको थियो । तर संसोधित व्यवस्थामा ३५ दिने समय हटाइएको छ भने जरिवाना रकम बढाएर ३० हजार रुपैयाँ पुर्याएको छ । सो व्यवस्था संसोधन हुनु पर्ने चालकहरुको माग छ । उनीहरुले ऐन संसोधन नभए सम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।

सवारी चालकका समस्यालाई नजरअन्दाज गर्न त नमिल्ला तर कुनैपनि बाहनामा भैरहने यातायात बन्दले सर्वसाधारण यात्रुको विचल्ली हुन नदिन सरकार र सवारी चालक लगाएत सवै सरोकारवाला गम्भिर वन्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);