८६ करोडको लागतमा मर्मत गर्दा पनि २४सै घण्टा लोडसेडिङ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

बझाङ, ७ भदौ । विदेशी दाताको सहयोगमा झण्डै ८६ करोड लागतमा मर्मत गरिएको बझाङको डोगडीस्थित सुर्मा देवी साना जलविद्युत् आयोजना मर्मत कार्य सम्पन्न भएको एक वर्ष नबित्दै काम नलाग्ने भएको छ ।

 

निर्माण कार्य सम्पन्न भएको २ महिनासम्म दिनमा ८ घण्टा लोडसेडिङ हुने डोगडी क्षेत्रमा अहिले दैनिक २४ घण्टासम्म लोडसेडिङ हुने भएकाले त्यहाँका स्थानीय बासी मारमा परेका छन् । विद्युत् अनियमीत हँुदा सरकारी कार्यलय, उद्योग व्यवसायहरु बढि प्रभावित भएका छन् ।

 

यति ठुलो रकम लगानी गरेर २ सय किलोवाट क्षमताको उक्त विद्युत् मर्मत गरियो तर नेपाल विद्युत प्राधिकरणले आफैले निमार्ण गर्ने हो यति नै रकम खर्च गरेर ५ किलोवाट भन्दा बढी क्षमताको नयाँ आयोजना निमार्ण गर्न सक्थ्यो ।

 

२ सय किलोवाट क्षमता भएको उक्त विद्युत आयोजना वि. सं २०४९ सालमा जायका जापनीज कम्पनिको सहयोगमा निर्माण भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);