बारा, १ असोज । बाराको परवानीपुर गाउँपालिकामा रहेको मकालु साबुन उद्योगमा आगलागी भएको छ ।
परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार बिहान आगलागी भएको हो । आगोलागीबाट करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । वीरगञ्जका उद्योगपति वीरेन्द्रप्रसाद संघाईको यो उद्योगमा दबंग र मकालु ब्रान्डका कपडा धुने साबुन उत्पादन हुन्छन् । बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ ।
वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका, सिमरा उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्ज डिपोको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा लिइएको हो ।