थामी समुदायका बालबालिकाको पढाई खर्च गाउँपालिकाले व्यहोर्न | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

थामी समुदायका बालबालिकाको पढाई खर्च गाउँपालिकाले व्यहोर्न

thami balbalika

नवराज श्रेष्ठ
रामेछाप, ३१ भदौ । रामेछापको सिमान्तकृत र विपन्न थामी समुदायका बालबालिकाहरुले अब पढ्नका लागि कुनै खर्च गर्नु नपर्ने भएको छ । उनीहरुको सबै खर्च खाडादेवी गाउँपालिकाले व्यहोर्ने भएपछि पढ्नका लागि खर्च नभएर भौतारिनुपर्ने अवस्था अन्त्य भएको हो ।

आफुहरुको सम्पूर्ण पढाई खर्च गाउँपालिकाले व्यहोर्न भएपछि थामी समुदायका विद्यार्थीहरु हर्षित भएका छन् । समुदायबाट एकजना पनि एसइई उत्तिर्ण नगरेका खाडादेवी गाउँपालिकाका यी समुदायका लागि यो अति राम्रो निर्णय भएको भन्दै विधाथीहरु खुशि देखिएका छन् ।

गाउँपालिका भित्रका ६६ जना थामी समुदायका बालबालिकालाई गाउँपालिकाले पहिलो चरणको विद्यालय सामाग्राही बितरण गरिसकेको छ । आवश्यकता अनुसार थप सामान नियमित प्रदान गरिने गाउँपालिकाले जनाएको छ । यो निर्णयले विद्यार्थीलाई ठुलो राहात पगेको कृष्ण मावि टिमु खाडादेवीका प्रधानाध्यापक कृष्ण कार्की बताए ।

यो सहयोग प्राथमिक तहदेखि उच्च शिक्षा अध्ययन गर्नेसम्मलाई हुने छ । आफु गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि धेरै वटा राम्रा काम गर्ने सिलसिलामा प्रामिकता शिक्षा क्षेत्रलाई दिएको गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले बताए ।

रामेछापको खाँडादेवी गाउँपालिकामा मात्रै हैन दोरम्बा गाउँपालिकामा पनि थामी समुदायको बसोबास रहेको छ । यस जिल्लामा रहेका थामी समुदाय शिक्षा तथा आर्थिक र सामाजिक हिवासले निकै पछाडी परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);