'रानी जमरा कुलरीया' आयोजनाको काम फेरी सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

‘रानी जमरा कुलरीया’ आयोजनाको काम फेरी सुरु

rani jamara ayojana

श्रवण देउवा
कैलाली, ३१ भदौ
। लामो समयदेखि रोकिएको राष्ट्रिय गौरवका आयोजना रानी–जमरा–कुलरीया सिँचाई काम सुरु भएको छ । रुखका जरा हटाउन वन कार्यालयले गरेको ढिलासुस्ती र मुआव्जाको विवादका कारण अड्किएको सिचाई आयोजनाको काम फेरी सुरु भएको हो ।

रानी–जमरा–कुलरीया सिँचाई आयोजनाको काम २०७५ असार ३१ गते सम्म समापन गर्नुपर्ने सम्झौता भएको थियो । ६ हजार हेक्टर जमिन सिचाईका लागि निर्माण गर्न लागिएको लम्की शाखा नहर विस्तारको काम सपापन हुने समयमा वल्ल काम शूरु भएको छ । मुआव्जाका विवाद लगायत विभिन्न कारणले समयमा निर्माण गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ ।

आयोजना निर्माणका लागि एक अर्व ७१ करोड रुपैयामा ठेकेदारले ठेक्का पाएको थियो । त्यसै अनुसार निर्माण क्षेत्रमा रुख काट्ने काम समापन भई जरा उखाल्न वेलामा अदालतले रोक्ने आदेश दिएका कारण पनि ढिला भएको हो ।

इलाका वन कार्यालय लम्कीले अर्काे आदेश नभएसम्मका लागि रोक्न भनेपछि आफुहरुले काम रोकेको निर्माण कम्पनीका ईन्जिनियर कुष्णबहादुर बिष्टले बताए ।

कैलालीको पूर्वी क्षेत्रको ४० हजार हेक्टर भूभागमा सिँचाई सुविधा पु¥याउने उद्देश्यले सिँचाई आयोजना निर्माण सुरु भएको हो । नेपाल सरकार, विश्व बैंक र स्थानीयको लगानीमा आयोजना निर्माण भईरहेको १२ अर्बको आयोजनामा ७ अर्ब नेपाल सरकार, ५ अर्ब विश्व बैंक र १० करोड बराबरको स्थानीयको जनश्रमदान रहेको छ ।