राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) निर्वाचन आयोगमा दर्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

काठमाडौँ, ८ भदौ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई राजनीतिक दलका रुपमा दर्ता गरेको छ।

 

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ अनुसार दल दर्ता गरिएको जानकारी दिएका छन्। आयोगले सर्वोच्च अदालतको आदेशपछि उक्त दललाई दर्ता गर्ने निर्णय गरेको जनाइएको छ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले गत साउन २२ गते आवश्यक केन्द्रीय सदस्यको दस्तखतसहित दल विभाजनका लागि आयोगमा निवेदन दिएका थिए। उक्त निवेदनसँग समावेश गरिएका नेताको दस्तखत सनाखतका लागि आयोगले सो पार्टीलाई आग्रह गरेकामा नेता राणाले दल दर्ताको माग गर्दै अदालतमा रिट नै हालेका थिए।

 

अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) मा २० सांसद तथा ६९ केन्द्रीय सदस्य रहेको नेता राजाराम श्रेष्ठले बताएका छन्।