काठमाडौं, २९ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार १४ वटा चोरीका मोटरसाईकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार बिहान चोरीका १४ वटा मोटरसाईकल खोजी गरी सम्बन्धित सवारी धनीलाई बुझाएको हो ।
काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट हराएका १४ वटा मोटरसाईकल सम्बन्धित धनीलाई बोलाएर बुझाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए । हराएका मोटरसाईकल पाएकोमा सवारी धनीहरुले खुशी ब्यक्त गरे ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा मात्रै श्रावण र भदौं महिनामा २ सय ५६ वटा सवारी साधान हराएको पाइएको छ । त्यसमध्ये ६० वटा सवारी साधन भेटिएकोमा ३६ वटा सम्बन्धित धनीलाई बुझाइको महाशाखाका प्रमुख पन्तले जानकारी दिए ।
महाशाखाले चोरीको सवारी साधन खोजविनका लागि प्रहरी निरीक्षकको नेतृत्वमा १७ जना जनशक्ति नै परिचालन गरेको छ ।