एजेन्सी, २६ भदौ । अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा आतंकबादी आक्रमण भएको १७ बर्ष पुरा भएको छ । सो घटनामा परेका एघार सय पीडितहरुको पहिचान हुन बाँकी नै छ ।
पीडितको अवशेष जाँचमा संलग्न न्यूयोर्क स्थित प्रयोगशालाका बिशेषज्ञहरुले अवशेषबाट डीएनए म्याच गराउने प्रयास गरेता पनि सफलता प्राप्त गर्न सकेका छैनन् ।
घटनामा परेर ७७ देशका करीव तीन हजार मानिसहरुले ज्यान गुमाएका थिए । संसारभर चर्चा पाएको उक्त घटना सन २००१ सेम्टेम्बर एघारमा भएको थियो ।
भिडियाे हेनुहाेस्: