सर्वोच्च अदालतलाई विपक्षी बनाएर मुद्दा दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सर्वोच्च अदालतलाई विपक्षी बनाएर मुद्दा दर्ता

mudda adhalat

काठमाडौं, २५ भदौ । सर्वोच्च अदालतलाई नै विपक्षी बनाएर मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतको नियमावली र संविधानका धाराहरु बाझिएको भन्दै अधिवक्ता सिपी रेग्मीले मुद्दा दर्ता गराउनुभएको हो ।

सर्वोच्चमै दर्ता गराइएको मुद्दाको पेशी आगामी असोज ५ गते तोकिएको छ । संवैधानिक सर्वोच्चता कायम राख्न आफूले मुद्दा दर्ता गरेको निवेदक रेग्मीले वताउनुभयो । संवैधानिक बेञ्चले हेर्ने सो मुद्दा गत ०७५ साउन २३ गते सर्वोच्चमा दर्ता भएको हो । मुद्दाको पक्षमा १० जना भन्दा बढी वकीलहरुले बहस गर्नुहुनेछ ।

इतिहासमै पहिलोपटक सर्वोच्च अदालतलाई विपक्षी वनाएर मुद्दा दायर भएको अधिवक्ता रेग्मीले दाबी गर्नुभएको छ ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);