शान्ति सुरक्षा र अमनचयन कायम राख्न नागरिक अगुवालाई प्रहरीकाे अाग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

शान्ति सुरक्षा र अमनचयन कायम राख्न नागरिक अगुवालाई प्रहरीकाे अाग्रह

basanta lama

काठमाडौं, २३ भदौ । महानगरीय प्रहरी परिसर, काठमाडौंले समाजको शान्ति सुरक्षा र अमनचयन कायम राख्न आवश्यक सहयोग गर्न नागरिक समाजका अगुवाहरुलाई आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले समाजको शान्ति सुरक्षालाई कायम राख्न आवश्यक सहयोग गर्न नागरिक समाजका अगुवाहरुलाई आग्रह गरेका हुन् ।

शनिबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजित ‘शान्ति सुरक्षासम्बन्धि नागरिक सुनुवाई’ कार्यक्रममा बोल्दै उनले नागरिक समाजको सक्रियताले समाजलाई शान्त र सुरक्षित बनाउने गरी अघि बढन प्रहरीलाई पनि बाध्य बनाउने उनले उल्लेख गरे । लामाले सुरक्षाको दृष्टिले चुनौतिपूर्ण रहेको काठमाडौंमा शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध भएर लागिपर्ने बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक लामाले काठमाडौंको शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी आफूले इमान्दारिताका साथ पूरा गर्ने संकल्प पनि गरे । कार्यक्रममा नागरिक समाजका अगुवाहरुले चोरी, लुटपाटलगायतका घटना हुन नदिने गरी आवश्यक सुरक्षाको व्यवस्था गर्न प्रहरीको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);