नेपाली व्याकरण सिकाउने तिजको गीत (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

नेपाली व्याकरण सिकाउने तिजको गीत (भिडियोसहित)

teej geet grammar

काठमाडौं, २२ भदौ । नेपाली व्याकरण सिकाउने तिजको गीत अहिले सामाजिक संजालमा खुवै चर्चित बनेको छ । बानेश्वरको शंखमुल स्थित एक विधालयका विधार्थीहरुले तयार पारेको यो गीत युट्युवमा ३ दिनमा २ लाख भन्दा वढीले हेरिसकेका हुन् ।
के तपाईलाई नेपालीको हृस्व दीर्घ कसरी लेख्ने थाहा छ ? छैन भने यो गीत हेर्नुस्:

अहिले सामाजिक संजालमा भाइरल बनेको यो गीत बानेश्वर शंखमुल स्थित आवरनेश विधालयले तयार पारेको हो । लेखक भने त्यसै विधालयकै नेपाली शिक्षक विमल घिमिरे हुन् । नेपाली महिलाहरुको महानपर्व तिजको भाकामा हालेर तयार पारिएको यो गितले हृस्व दीर्घ सम्बन्धी पुरै नियम गीत मार्फत सिकाएको छ ।

गत सोमवार मात्रै युट्युवमा अपलोड गरिएको यो भिडियो अहिलेसम्म २ लाख ६३ हजार ५ सय ५५ जनाले हेरिसकेका छन् । देश देखि विदेशसम्म ६ सय ७५ वटाभन्दा वढी कमेन्ट आईसकेको छ । पछिल्लो समयमा आफ्नो भाषालाई समेत नेपाली समाजले विर्सदै गईरहेको छ ।

अझ, हृस्व दीर्घ विगारेर लेख्ने तथा वोल्ने चलन फेसननै भईसकेको छ । यस्तो अवस्थामा गीतकै माध्यमबाट नेपालीको व्याकरण सुधार्न यो गीत निकै फलदायी हुने अपेक्षा गरिएको छ ।