आज १५ औँ निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

आज १५ औँ निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै

nijamati karmachari

काठमाडौं, २२ भदौ । निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनाराका साथ आज देशभरि १५ औँ निजामती सेवा दिवस विविध कार्यक्रम गरेर मनाइँदैछ ।

यसै अवसरमा आज स्वास्थ्य मन्त्रालयमा रक्तदान कार्यक्रम गरिँदैछ । बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति पुर्याएकाले यो वर्ष हर्सोल्लासका साथ दिवस नमनाइएको बताइएको छ ।मन्त्रालयले एक हप्तादेखि वृक्षारोपण, सरसफाइजस्ता कार्यक्रम गर्दै आइरहेको छ । दिवस मनाउनका लागि मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

नेपालमा २०६० सालदेखि निजामती दिवस मनाउँदै आइरहेको हो । नेपालमा करिब ८३ हजार निजामती कर्मचारी रहेका छन् । दिवसका अवसरमा आज देशभरका निजामती कर्मचारीलाई सार्वजनिक बिदा दिइएको छ । यसै अवसरमा १० जना निजामती कर्मचारी लाई उत्कृष्ट निजामती सेवा र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);