जनताप्रति जिम्मेवार बन्न सरकारलाई सांसदको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जनताप्रति जिम्मेवार बन्न सरकारलाई सांसदको आग्रह

काठमाडौं, २१ भदौ । सांसदहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै जनताप्रति जिम्मेवार बन्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शुन्य समयमा बोल्दै सांसहरुले आ आफ्नो क्षेत्रको क्षेत्रगत र समसामियक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । अधिकांश सांसदहरुले मुल्य वृद्धिप्रति सरकारको ध्यानाकर्षण गराउँदै बजारको प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिए ।

सांसद मिन बहादुर विश्वकर्माले हत्या, हिंसा, बलात्कार लगायत घटनामा सरकारले ह्याट्रिक गरेको भन्दै पेट्रोलियम पदार्थमा हालै भएको मुल्यवृद्धि फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद डाक्टर मिनेन्द्र रिजालले बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गर्ने सहमति नभएको भन्ने प्रधानमन्त्रीले भारतमा आयोजना गर्ने भनिएको सैन्य अभ्यासमा नेपाली सेनालाई नपठाउने निर्णय गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रंगमती शाहीले प्रधानन्त्रीले सांसदले उठाएका प्रश्नमा गैह् जिम्मेवार ढंगले उत्तर दिने गरेको भन्दै आपत्ती जनाइन् । उनले भनिन् “सडकमा खाल्डाखुल्डी भयो भन्दा खाल्डाखुल्डी बनाउने हामी होइनौ भन्ने, बाढी र डुबानमा परेकालाई राहत र पुर्नस्थापनाको व्यवस्था गर्न माग गर्दा, डुबाउने हामी होइनौ भन्ने, कर बढ्यो भन्दा हामीले पञ्चायत कालमा गाडाको कर तिरेका थियौ भनेर गैह्जिम्मेवार बन्न पाईदैन । जनताको करबाट उठेको पैसाले विदेशमा गएर उपचार गराउने ? रोगी बनाउने पनि नेपाली जनता होइनन् ।”

सांसद रामकुमारी झाक्रीले चाडवाड नजिकिए संगै बजारमा गुणस्तर कम भएका सामान तथा अस्वभाविक मुल्यवृद्धि हुने गरेको भन्दै प्रभावकारी बजार अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);