बाजुरामा खाद्यन्न अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बाजुरामा खाद्यन्न अभाव

khadayanna

बाजुरा, २१ भदौ । बाजुरामा खाद्यन्न अभाव भएको छ । साँफे–मार्तडी सडकखण्डमा पहिरो गएपछि खाद्यन्न अभाव भएको नेपाल खाद्य संस्था, बाजुरा शाखाले जनाएको छ ।
बाजुरामा चालु आर्थिक वर्षको शुरुमै खाद्यन्न अभाव भएको हो । बाजुरा जिल्लाका लागि गत वर्ष छ्ट्याएको सबै चामल नआएपछि चालु आर्थिक वर्षको शुरुवातमै खाद्यन्न अभाव भएको छ । नेपाल खाद्य संस्था, बाजुरा शाखाका अनुसार डिपोमा मौजाद रहेको २ सय ५० क्विन्टल चामल पनि सकिएको छ ।

नयाँ खाद्यन्नको ठेक्का नभएको र पुरानो ठेक्का अनुसार आएको चामल विक्रि वितरण भईसकेकाले जिल्लामा खाद्यन्न अभाव भएको नेपाल खाद्य संस्था, बाजुरा शाखाले जनाएको छ । शाखाका अनुसार नयाँ ठेक्का लाग्ने वित्तिकै खाद्यन्न अभाव हट्ने जनाएको छ ।

गोदाममा चामल सकिएपछि टाढा टाढाबाट आएकाहरु अहिले रित्तो हात घर फर्किन बाध्य छन् । जिल्लाको सरकारी ढुकुटीमै चामल सकिएपछि कतिपयले महंगो दरमा व्यापारीहरुसंग चामल किनेर खानु पर्ने बाध्यता रहेको स्थानियले गुनासो गरेका छन् ।

बाजुराको खाद्यन्न डिपोमा रहेको चामल सकिएपछि चामलको गोदामनै बन्द गरी गहुँ वितरण भईरहेको नेपाल खाद्य संस्था बाजुराले जनाएको छ । बाजुराले यस भन्दा दैनिक १० देखि २० क्विन्टल सम्म चामल विक्रि हुँदै आएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);