बाजुरामा खाद्य सुरक्षामा सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

बाजुरामा खाद्य सुरक्षामा सुधार

बाजुरा, २६ माघ । बाजुरामा खाद्य सुरक्षामा सुधार आएको छ । जिल्ला कृषि विकास कार्यालय बाजुराले पछिल्लो समय खाद्य सुरक्षामा सुधार आएको जनाएको हो ।

अघिल्लो वर्षमा शत प्रतिशत बीउ बाहिरबाट ल्याउने गरिएकोमा यो वर्ष ६० प्रतिशत बीउ जिल्लामै उत्पादन भएको र ४० प्रतिशत मात्र बाहिरबाट ल्याईएको छ । उत्पादनमा पनि २० प्रतिशतले वृद्धी भएको कार्यालयको भनाई छ ।

बाजुरामा १३ हजार बढी मेक्टीकटन खाद्यन्न बाहिरबाट आयात गर्ने गरिएकोमा यो वर्ष १० हजार मेक्टीकटन मात्र बाहिरबाट ल्याईएको छ । कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत बाजुरामा पाँच वर्षको अवधीमा १५ करोड बढी लगानी गरिएको कार्यलयले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);