युरोपियन च्याम्पियन्स लिगमा पाँच क्लब छनोट | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

एजेन्सी, ७ भदौ । युरोपियन च्याम्पियन्स लिगका लागि गएराती भएको खेलबाट पाँच वटा क्लब छनोट भएका छन् ।

 

 

युरोपियन च्याम्पियन्स लिगमा दोस्रो लेगको प्लेअफ खेलमा अस्तानालाई हराउँदै सेल्टिक च्याम्पियन्स लिगमा प्रवेश गरेको छ । दोस्रो लेगमा अस्तानासँग ४–३ ले पराजित भएपनि समग्रमा ८–४ले सेल्टिक बिजयी भएको हो ।

 


यस्तै सेभिलाले इस्तानबुल बासकसेहिरसँग २–२को बराबरी खेल खेले पनि समग्रमा ४–३को जित तय गरेको थियो ।

 

नेपोली क्लबले नाइसलाई सोही राती २–०ले हराउदै जम्मा ४–०ले आफ्नो अग्रता कायम राख्यो भने उता ओलम्पियाकोसले एच एन के रिजेकालाई ३–१ले पराजित गर्दै च्याम्यिन्स लिगमा आफ्नो स्थान सुुरक्षित गर्यो । पहिलो लेगमा ओलम्पियकसले १–०ले रिजेकालाई हराएको थियो ।

 

पहिलो लेगमा हारेको मरिवोर भने गोलका आधारमा छनोट भएर भाग्यमानि सावित भएको थियो । पहिलो लेगमा हापोल भिर सिवासँग २–१ले हारेको सो क्लब दोस्रो लेगमा १–० ले घरेलु मैदानमा जित हात पारेको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);