सहकारीलाई गरिबी निवारणको मेरुदण्ड बनाउने सरकारको घोषणा | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

सहकारीलाई गरिबी निवारणको मेरुदण्ड बनाउने सरकारको घोषणा

mantri

काठमाडौं, १९ भदौ । सरकारले सहकारी संस्थाहरुलाई गरिवी निवारणको मेरुदण्डको रुपमा विकास गर्ने घोषणा गरेको छ ।

भूमि सुधार, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले सहकारी संस्थाहरुलाई गरिवी निवारणको मेरुदण्डको रुपमा विकास गर्ने योजना अघि सारेकी हुन् । उनले सहकारी संस्थाहरुको लगानी उद्योग र कृषिमा गर्न लगाएर रोजगारीको अवसर सृजना गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

मंगलबार नेपाल सहकारी पत्रकार समाजको आठौं वार्षिक साधारण सभालाई काठमाडौंमा उद्घाटन गर्दै मन्त्री अर्यालले मुलुकको आर्थिक समृद्धिको अभियानलाई तीव्रता दिने गरी सहकारी संस्थाहरुको क्षमता विकासको अभियानलाई पनि अघि बढाउनुपर्नेमा पनि जोड दिए । मन्त्री अर्यालले सहकारी संस्थाहरु भित्र देखिएको समस्या तत्काल समाधान गर्ने दावी पनि गरे ।