संघीय संसदमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम शुरु | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

संघीय संसदमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम शुरु

काठमाडौं, १८ भदौ । संघीय संसदले सोमबार देखि मन्त्रीसंगको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सुरु गरेको छ । प्रतिनिधिसभा संचालन नियमावलीको परिच्छेद ८ ले गरेको व्यवस्था अनुसार सोमबार देखि प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रम सुरु गरिएको हो ।

नियमावलिको परिच्छेद ८ ले नेपाल सरकारको उत्तरदायित्व भित्रको सार्वजनिक महत्वको कुनै पनि विषयमा बैठकमा प्रश्न सोध्न सकिने व्यवस्था गरेको छ ।

प्रश्नोत्तरको व्यवस्थाको कार्यान्वनय भएको पहिलो दिन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका विषयमा सांसदहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसंग मौखिक प्रश्न सोधेका थिए ।

सांसदहरुको प्रश्नको उत्तर दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले उच्चशिक्षा अध्ययनका लागि निव्र्याजी र सहुलितपूर्ण ऋण प्रवाह गर्नका लागि कार्यविधि तयार भईसकेकाले पहिलो चौमासिकमा नै कार्यविधिलाई अन्तिम रुप दिने तयारीमा मन्त्रालय लागिरहेको बताए ।

मन्त्री पोखरेलले सरकार पहिलो चौमासिकमा नै उच्चशिक्षामा सफ्ट लोनको व्यवस्थालाई कार्यान्वयन गर्ने लक्षका साथ अघि बढिरहेको भन्दै कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरे ।