मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

काठमाडौं, १३ भदौ । नेपाल राष्ट्र बैंकले एक वर्ष भित्र मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विगत दुई वर्षयता बढ्दै आएको मुलुकको आर्थिक वृद्धिदर आगामी वर्ष ८ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेका हुन् ।

बुधबार काठमाडौंमा आयोजित ‘अर्थ संवाद’ कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पु-याउने लक्ष्यसहित नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाएको स्पष्ट पारे ।

गभर्नर नेपालले मुलुकमा प्रतिफल आउने वातावरण सुनिश्चित भएको उल्लेख गर्दै लगानी बढाउन पनि निजी क्षेत्रका उद्योगीहरुलाई आग्रह गरे । उनले व्यापार घाटा मुलुकको मुख्य चुनौती रहेको उल्लेख गर्दै त्यसलाई घटाउन पनि उद्योगी, व्यापारीहरुले सक्दो पहल गर्नुपर्नेमा जोड दिए ।

हाल नेपालको व्यापार घाटा ११ सय ६१ अर्ब पुगेको छ । सो व्यापार घाटालाई कम गर्दैै लैजाने वातावरण पनि नेपालमा बनेको गभर्नर नेपालको भनाई छ ।

नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर अघि बढाउन उत्पादन मूलक क्षेत्रमा लगानी गर्न बैक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);