रुसद्वारा शीत युद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने घोषणा | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

रुसद्वारा शीत युद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने घोषणा

rusia sena

एजेन्सी, १३ भदौ । रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्री ,सर्गेई सोइगुले बताएका छन् ।

सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक–२०१८ नामाकरण गरिने छ । सेप्टेम्बर १० देखि पाँच दिन हुने अभ्यासमा रुसको केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबै तहका सेनाको प्रतिनिधित्व हुनेछ । यो अभ्यास पूर्वी यूरोपमा सन् १९८१ मा गरिएको झापड–८१ को झलक दिने खालको हुने बताइएको छ ।

रुसले गत बर्ष पनि झापड–२०१७ नामक सैन्य अभ्यास गरेको थियो जसमा १२ हजार ७०० सेनाको प्रयोग भएको थियो ।तर यस पटकको सैन्य अभ्यासमा, ३६ हजार सैनिक हतियार, हतियार ट्याङ्कहरू, सैन्य गाडीहरू एकैपटक चलेको यो अनौठो झलक हुने रक्षा मन्त्री सोइगुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);