डेढ सय भारतीय कमाण्डो काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

डेढ सय भारतीय कमाण्डो काठमाडौंमा

sena

काठमाडौं, १३ भदौ । भारतीय सेनाका डेढ सयभन्दा बढी कमाण्डो फौज गुपचुप रुपमा काठमाडौं आएको छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतबाटै अत्याधुनिक हातहतियार सहितको कमान्डो फार्स काठमाडौं आइपुगको हो ।

बंगलादेश, म्यानमार र थाइल्याण्डबाट पनि केही कमान्डो काठमाडौं आइसकेको उच्च स्रोतको भनाइ छ । भारतबाट भने वरिष्ठ अभिकृतकै कमान्डमा फौज आएको विशेष स्रोतले जानकारी दियो । सैनिक कमाण्डो सम्मेलन स्थल सोल्टी होटल, डिनर स्थल हायात तथा पाहुनाको आवगमन स्थल वरपर तैनाथ भएको स्रोतको दाबी छ ।

सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुस्मा स्वराजलगायत भारतीय प्रतिनिधीमण्डलको टोलि विशेष विमानबाट बिहीबार काठमाडौं आउँदै छ । समाचार आजको कारोबारको दोस्रो पृष्ठमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);