प्रदेश ५ः डेढ महिनामा ३३ बलात्कार | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

प्रदेश ५ः डेढ महिनामा ३३ बलात्कार

rape

नेपालगन्ज, १३ भदौ । प्रदेश ५ मा बलात्कारका घटना डरलाग्दो रुपमा बढेका छन् । समाचारअनुसार, गत साउन यता यो प्रदेशका १२ जिल्लामा जबरजस्ती करणीका ३३ वटा घटना भएका छन् ।

प्रदेश सभासद कृष्णा केसी बलात्कार सामाजिक विकृतिका रुपमा देखिएको बताउँछिन् । जसलाई अशिक्षा, बेरोजगारीजस्ता समस्याले प्रोत्साहन गरिरहेको छ । उनले भनिन्, घटनालाई ढाकछोप गर्नुहुन्न भन्ने मान्यता बढेको छ । यो राम्रो पक्ष हो । अझ धेरै घटना सार्वजनिक भएका छैनन् । कतिपय घटना परिवारभित्रै लुकाइन्छ । कति प्रहरीकहाँ गएर मिलाउने प्रयास गरिन्छ । कतिपय अवस्थामा दोषीलाई कम सजाय दिलाउन दबाब पर्छ ।

साउनयता बलात्कारका घटना बाँके, प्युठान र दाङमा धेरै भएका छन् । बाँके र प्युठानमा समान ६ र दाङमा ५ जबरजस्ती करणी मुद्दा दर्ता भएका छन् । रुपन्देहीमा ४, नवलपरासीमा १, कपिलवस्तुमा २, पाल्पामा ३, रोल्पामा १, रुकुम (पूर्व)मा १, बर्दियामा ४ वटा मुद्दा दर्ता भएको छ ।

गुल्मी र अर्घाखाँचीमा जबरजस्ती करणी उद्योगको एउटा पनि मुद्दा दर्ता भएको छैन । आज प्रकाशित नागरिक दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);