काठमाडौं, ११ भदौ । बहुक्षेत्रीय प्रविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको बैठकका लागि तयारी पुरा भएको छ । चौथो सम्मेलनसम्म आइपुग्दा बिमस्टेकले १४ वटा क्षेत्र छनौट गरेको छ । तर, तीनका कार्यान्वयनमा भने कुनै प्रमाव देखिन सकेको छैन ।
सुरुमा पाँच देश मिलेर विस्टेकका रुपमा स्थापित भएको उपक्षीय संगठनका नेपाल र भुटानको सहभागिता पछि बिमस्टेक भएको हो । बिमस्टेक नाम राख्न नेपालकै प्रस्ताव भएपनि एजेडा सेट गर्न र उपलब्धी हासिल गर्ने कुरामा भने नेतृत्व दायी भूमिका देखिन सकेको छैन ।
त्यसका लागि शिखर सम्मेलन आयोजक राष्ट्र र अध्यक्षता गरेको राष्ट्रका हिसावले यसपटक अवसर भने नेपाललाई छ । चार वर्ष अघि अध्यक्ष लिएको नेपालले अध्यक्षता हस्तान्तरण गर्नुअघि शिखर सम्मेलनमा बिमस्टेकका एजेण्डा प्रस्तुत गर्दै छ ।
केही देशलाई छोडेर शरणर्थी समस्या बिमस्टेक सदस्य राष्ट्रको साझा समस्या हो । तर, त्यसलाई एजेण्डा बनाउने कुरा अmझै निश्चित हुन सकेको छैन । झन बिमस्टेक बैक स्थापना गर्ने र साझा समस्या समाधान गर्ने कुरा एजेण्डा बन्ने अझै निश्चित भएको छैन ।
बिमस्टेक स्थापनाको अर्को आधार भनेको गरिव राष्ट्रहरुले पनि साझा प्रयास गरेमा त्यसले बढी बल दिन सक्छ भन्ने हो । तर, आर्थिक क्षेत्रमा सवल बन्नका लागि पनि बैक स्थापना होस वा यस क्षेत्रमा हुने बैदेशिक लगानी प्रवद्र्धनमा होस, ठोस उपलब्धी देखिन सकेका छैनन् ।
व्यापार तथा लगानी प्रवद्र्धन, विद्युत, अप्टीकल फइबर तथा हवाइ कनेक्टिभिटी, गरिवी निवारण, शान्ति र स्थायित्वसहितका एजेण्डा बोकेको बिमस्टेकले साझा प्रयासबाट आर्थिक प्रगतिको बाटो नरोज्दासम्म यसको आवस्यकता र यसप्रतिको सदभाव बढ्न सक्दैन ।
करिव २१ वर्ष अघि स्थापना भएको बिमस्टेकलाई सार्कको क्रस संस्थाका रुपमा आएको होकी भनेर पनि विश्लेषण गरिएको छ । त्यस्तो अरोपबाट बच्न र क्षेत्रीय हितलाई अघि बढाउन दुई संस्थाको फरक पन परिभाषित गर्न र दुबैको क्रियाशिलता आवश्यक छ ।




