निर्मलाको घरमा भिआइपीको भिड ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

निर्मलाको घरमा भिआइपीको भिड !

nirmala ghar

काठमाडौं, ११ भदौ । बलात्कारपछि हत्या गरिएको एक महिनापछि आइतबार निर्मला पन्तको घरमा भिआइपीहरूको घुइँचो लाग्यो ।

प्रधानमन्त्री केपी ओलीको सन्देश बोकेर नेकपा स्थायी समिति सदस्य तथा कैलालीका सांसद लेखराज भट्ट, कञ्चनपुरका सांसदद्वय दीपकप्रकाश भट्ट र नरबहादुर धामी, प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह निर्मलाको घर पुगे ।
निर्मलाका माता–पितासँग उनीहरूको सामूहिक भनाइ थियो, ‘हामी प्रधानमन्त्रीको सन्देश बोकेर आएका हौँ । निर्मलाले न्याय पाउनुपर्छ र अपराधी जतिसुकै शक्तिशाली भए पनि कानुनी कठघरामा आउनेछन् ।’सत्तारुढ नेताहरू फर्किएलगत्तै प्रमुख प्रतिपक्षी कांग्रेसका नेताद्वय दिलेन्द्रप्रसाद बडू र वीरबहादुर बलायरले निर्मलाको परिवारलाई भेटे ।

लगत्तै नयाँ प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, एसपी कुवेर कडायत, डिएसपी कृष्णराज ओझा, सशस्त्रका एसपी, सेनाका कर्णेलसमेत निर्मलाको घरमा पुगी परिवारजनसँग छलफल गरे ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);