रक्षाबन्धनकै दिन दिदिको चित्कारः निर्मलाले न्याय पाएको भए मेरो भाइले ज्यान गुमाउनुपर्ने थिएन... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

रक्षाबन्धनकै दिन दिदिको चित्कारः निर्मलाले न्याय पाएको भए मेरो भाइले ज्यान गुमाउनुपर्ने थिएन…

kanchanpur

महेन्द्रनगर, ११ भदौ । भीमदत्त नगरपालिका–१८ की प्रियंका खुना र पूजा खुना आइतबार बिहान भाइ सन्नीको शव हेरेर टोलाइरहेका थिए।

शुक्रबार बेलुकी प्रहरीको गोलीबाट मारिएका सन्नीको शव तीन दिनदेखि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । महेन्द्रनगरमा जारी कफ्र्युका कारण घरपरिवारले शव हेर्न पाएका थिएनन्। आइतबार बिहानै पाँच घन्टाका लागि कफ्र्यु खुकुलो पारिएका बेला प्रियंका र पूजा दिदीबहिनी रक्षाबन्धनकै दिन भाइको शव मुसार्दै रोए।

‘रक्षाबन्धनमा भाइलाई राखी बाँधिदिने योजनामा थिएँ,’ जेठी दिदी प्रियंकाले भनिन्, ‘तर, रक्षाबन्धनकै दिन भाइको शव देख्नुपर्यो।’ भाइलाई रक्षाबन्धन बाँधेर मिठो मसिनो खुवाउने सपना अब कहिल्यै पूरा नहुने कान्छी दिदी पूजाले बताइन्।

आउनै लागेको रक्षाबन्धनमा दिदी बहिनीका लागि भनेर काम गरेबापतको पारिश्रमिक लिन बजार गएको भाइले गोली खानुपरेको पूजाको भनाइ छ। उनले भनिन्, ‘यस्तो दिन कसैको पनि नआओस्।’ गाउँभरि सबै दाजुभाइको हातमा राखीको डोरी देख्दा आफ्नो भाइले पनि रहर गरेर पारिश्रमिक माग्न गएको झलझली याद आइरहेको उनले बताइन्। पूजाले भनिन्, ‘मेरो भाइलाई सहिद मात्रै घोषणा गरेर हुन्न ।’ निर्दोष भाइलाई प्रहरीले गोली हानेर प्रहरीले मारेको उनले बताइन्।

मजदुरी गरेको पैसा लिन ठेकेदारकहाँ गएर घर फर्कंदै गरेको भाइमाथि गोली हान्नु जायज नभएको दिदी प्रियंकाले बताइन्। उनले भनिन्, ‘निर्मला पन्तका परिवारले समयमै न्याय पाएको भए मेरो भाइले ज्यान गुमाउनुपर्ने थिएन।’

चाडपर्वकै दिन दिदीभाइ रमाइलो गर्लान् भनेर आफूले ज्यालाबापतको पैसा माग्न छोरा सन्नीलाई ठेकेदारकहाँ पठाएको बुबा वीरबहादुरले बताए। उनले भने, ‘छोरालाई सदाका लागि बिदा गरियो, उसका दिदीहरूलाई माइतीमा आँसुको उपहार दिनुपर्यो, योभन्दा दुःखको क्षण मेरा लागि कहिल्यै आउने छैन।’, यो खबर आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);