कञ्चनपुर घटनाका दोषीको पहिचान गरी कडा कारवाही गर्ने नेकपाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

कञ्चनपुर घटनाका दोषीको पहिचान गरी कडा कारवाही गर्ने नेकपाको निर्णय

काठमाडौं, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा बसेको सचिवालय बैठकले कञ्चनपुर घटनाका दोषीको पहिचान गरी कडा कारवाही गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवासमा बसेको नेकपाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

कञ्चनपुरको घटनाबारे दुःख व्यक्त गर्दै नेकपाले दोषी जोसुकै भएपनि कानुनको दायरमा ल्याउने निर्णय गरेको छ । गत साउन ११ गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका विषयमा एक महिना पुरा हुन लाग्दा पनि हत्यारा सार्वजनिक नभएको आक्रोसमा कञ्चानपुरमा हिंसा मच्चिएपछि नेकपाले यस्तो निर्णय लिएको हो ।

बैठकमा देशभरि हत्या, हिंसा बढेको, बलात्कार जस्ता जघन्य अपराध र शान्ति सुरक्षाको अवस्थाको बारेमा पनि समिक्षा भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैंठकले अपराधीलाई उक्साउने वा संरक्षण गर्ने काम नगर्न अपील समेत गरेको श्रेष्ठले बताए ।

बैठकमा सामाजिक मूल्यमान्यताको विरुद्धमा जाने जो सुकै भएपनि सजायको भागिदार हुनु पर्ने भन्दै शान्ति सुरक्षा फितलो भएकोप्रति सरकारको ध्यानाकर्षण गराइएको श्रेष्ठले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);