पर्सा, ८ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले निम्बस समुहको तेल उद्योगमा सिलबन्दी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको आदेशमा जिल्ला प्रशासन कार्यालय पार्साले उद्योगमा सिल गरेको हो ।
निम्बस समुहले उत्पादन गरेका सामाग्रीमा मापदण्ड भन्दा वढी एसिड भेटिएकाले शिल गर्नुपरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
गत साउन २३ गते उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रीका यादवको नेतृत्वमा गएको टोलीले छापा मारी उत्पादित सामाग्रीको परिक्षण गरेको थियो । नुमुना परिक्षणको रिपोर्ट आएपछि स्थानिय प्रशासनले उद्योगमा सिल लगाएको हो ।