बाजपेयी नेपालको महान मित्र : देउवा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

बाजपेयी नेपालको महान मित्र : देउवा

काठमाडौं, ८ भदौ । नेपालका राजनीतिक दलका नेताहरुले भारतीय पूर्व प्रधानमन्त्री स्वर्गीय अटल विहारी बाजपेयीलाई नेपालको महान मित्रको रुपमा स्मरण गरेका छन् । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाजपेयीले नेपालसँगको मित्रतालाई विशेष महत्व दिएको स्मरण गरेका हुन् ।

भारतीय पूर्व प्रधानमन्त्री स्वर्गीय बाजपेयीको स्मृतिमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले बाजपेयीलाई नेपालको महान मित्रको रुपमा चित्रण गरे ।

बाजपेयी नेपालको लागि आवश्यक सहयोग गर्न सधैं प्रतिवद्ध रहेको आफूले पाएको देउवाले उल्लेख गरे । प्रधानमन्त्रीको रुपमा आफूले बाजपेयीलाई सार्क शिखर सम्मेलनमा भेट गरेदेखि नै उनी नेपालका लागि सबै खालको सहयोग गर्न प्रतिवद्ध महान हृदय भएका नेताका रुपमा आफूले पाएको सभापति देउवाको भनाई थियो ।

सभापति देउवाले भारतीय पूर्व प्रधानमन्त्री बाजपेयीको कवि व्यक्तित्वबाट आफू प्रभावित भएको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपालले बाजपेयीले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको स्मरण गरे । उनले बाजपेयीको व्यक्तित्व अदभूत रहेकाले त्यसको प्रभाव आफूमा किशोर अवस्थामा हुँदा नै परेको बताए ।

भारतीय पूर्व प्रधानमन्त्री स्वर्गीय बाजपेयीलाई भारत र भारतीय जनताले ‘भारत रत्न’ र ‘एशीयाका महान नेता’ को उपमा दिएका छन् । कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले बाजपेयीले छिमेकी नेपालसँगको सम्बन्धलाई दिएको महत्वको चर्चा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);