उद्योगी/व्यवसायीहरुलाई प्रोत्साहित गर्नुपर्नेमा जोड : पुष्पकमल दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उद्योगी/व्यवसायीहरुलाई प्रोत्साहित गर्नुपर्नेमा जोड : पुष्पकमल दाहाल

prachanda-1

काठमाडौं, ७ भदौ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राज्यले उद्योगी/व्यवसायीहरुलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहिवार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले आर्थिक समृद्धिको परिकल्पनालाई साकार पार्न उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित हुनेगरी आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराए । उनले कर छल्ने गतिविधिमा संलग्न नहुन उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

अध्यक्ष दाहालले राज्यले उद्योगी, व्यवसायीहरुलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण नेपालमा विकासतर्फको यात्राले तीव्रता पाउन नसकेको धारणा ब्यक्त गरे । उनँले जनतालाई बलियो बनाएर मात्रै मुलुकको समृद्धिको यात्रालाई गति दिन सकिने उल्लेख गरे । वैदेशिक लगानी भित्रयाउन पनि राज्यले नियन्त्रणकारी नभई सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने दाहालको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);