चन्द्रागीरीमा सातै प्रदेशका सभामुख-उपसभामुखबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

चन्द्रागीरीमा सातै प्रदेशका सभामुख-उपसभामुखबीच छलफल

chandragiri ma sabhamukh

काठमाडौं, ३ भदौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सांससदहरुका लागि तत्काल आचारसंहिता बनाउनुपर्नेमा जोड दिएका छन् ।

आईतबार संघीय संसद सचिवालद्वारा काठमाडौंको चन्द्रागिरीमा आयोजित संघीय संसद अन्तर्गत प्रतिनिधिसभा, राष्ट्रियसभा र सातवटै प्रदेशसभाका सभामुख तथा उपसभामुखबीच गरेको अन्तरक्रियामा सभामुख महराले पदीय अधिकारको दुरुपयोग हुनबाट जोगाउनका लागि आचारसंहिता अत्यावश्यक रहेको बताएका हुन् । संघीय संसद र प्रदेश सभाका पदाधिकारीको मर्यादाक्रमको विषयमा पनि संशोधन गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संघीय संसद र प्रदेशसभाबीच सभा सञ्चालन र प्रक्रियाबारे अनुभव आदानप्रदान तथा कानुन निर्माणमा समन्वय हुनुपर्ने बताए ।

कानुन न्याय तथा, संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संघ र प्रदेशका साझा अधिकार सूचीसम्बन्धि कानुनमा एकरुपता ल्याउनका लागि पनि आपसी सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा सातै प्रदेशका सभामुख-उपसभामुखले प्रदेश बैठक सञ्चालनमा देखिएका समस्या लगायतबारे प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई जानकारी गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);