डेढ करोडभन्दा बढी मूल्यको छेपारो, जसले यस्ता भयानक रोग निको पार्छ | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

काठमाडौं, ६ भदौ । भारतको पश्चिम बंगाल क्षेत्रमा यस्तो बहुमुल्य छेपारो फेला परेका छन। पश्चिम बंगालको सशस्त्र सीमा बलले पाँच टोकरी छेपारो बरामद गरेको हो।विशेष गरी प्रजनन क्षमता बढाउनका अमृत समान मानिने यो छेपारोको मासु खाँदा मधुमेह, नपुंसकता, एड्स र क्यान्सर जस्ता भयानक रोगको औषधि हुने बताईन्छ।

 

यो छेपारोको यही विशेष गुणका कारण मूल्य महंगो पर्ने गर्छ। एउटा छेपारोको डेढ करोडभनदा बढी मूल्य पर्छ। सुरक्षाबलले टिकन बर्मन नामक व्यक्तिलाई छेपारोसहित पक्राउ गरेको हो।

 

अहिले यस छेपारोलाई दुर्लभ र लुप्तप्राय प्रजातिको जीव मानिन्छ । अन्तर्राष्ट्रिय बजारमा यसको ठूलो माग छ। विशेष गरी उत्तरी भारतमा पाईने यो छेपारो चोरी सिकारी गर्दै दक्षिणी देशहरुमा बिक्री बितरण गर्ने पाईएको छ। नेपालबाट समेत यो छेपारो तस्करी गरेर विदेश पु–याइने गरेको छ। एजेन्सी

ताजा समाचार