कानुन निर्माण गर्दा दीर्घकालिन सोच राख्न अध्यक्ष तिमल्सिनाको जोड | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

कानुन निर्माण गर्दा दीर्घकालिन सोच राख्न अध्यक्ष तिमल्सिनाको जोड

ganesh timilsina

काठमाडौं, २ भदौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कानुन निर्माण गर्दा दुरगामी दृृष्टि राख्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित संविधान कार्यान्वय सम्बन्धी अन्तरक्रियामा उनले कानुन निर्माणको केही समयमा नै संसोधन गर्नुपर्ने अवस्था आउँदा कार्यकुशलता र सक्षमतामा प्रश्न उब्जने भएकाले दीर्घकालिन सोच बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष तिमिल्सिनाले विधि निर्माणको काम छोडेर सांसदहरुले सचिवका ढोका चाहार्ने प्रणालीको अन्त्य हुनुपर्नेमा जोड दिए ।

जनसंख्या र विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपालकी अध्यक्ष महालक्ष्मी उपाध्याय ‘डिना’ले संसदमा सरकारले पेश गरेको नागरिकता सम्बन्धी विधेयकले महिलालाई अधिकार दिनुको सट्टा दोश्रो दर्जाको नागरिक बनाउने काम गरेको भन्दै त्यसविरुद्ध एक हुन सांसदहरुलाई आग्रह गरिन ।

संसदमा विचाराधिन नागरिकता सम्बन्धी विधेयकका कतिपय व्यवस्था संविधानले गरेको व्यवस्था भन्दा पछि हटेर बनाईएको भन्दै उनीले आपत्ती जनाईन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);