कसैको अधिकार खोसिए तत्काल सच्याउने प्रधानमन्त्रीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कसैको अधिकार खोसिए तत्काल सच्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

kp oli

काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी ओलीले नयाँ मुलुकी ऐनमा कसैको अधिकार खोसिएको पाईए तत्काल सच्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आजबाट लागू गरिएको नयाँ मुलुकी ऐन व्यवहारका क्रममा अपूर्णदेखिए वा अनुपयुक्त लागे सच्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार नयाँ मुलुकी ऐन लागू गरेको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नयाँ मुलुकी ऐनको कार्यान्वयन सहज ढंगले अघि बढ्ने र त्यसमा व्यवहारको क्रममा कमीकमजोरी भेटिए परिमार्जन गर्दै लगिने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले नेपाललाई अझै व्यवस्थित, अनुशासित, सुसंगत र सुसम्बन्धका साथ अघि बढाउन नयाँ मुलुकी ऐन लागू गरिएको बताए । परिवर्तित सन्दर्भ र सोही परिवेश अनुसार नयाँ मुलुकी ऐन व्यापक छलफलका लागि लागू गरिएको प्रधानमन्त्री ओलीको भनाई छ ।

कार्यक्रममा बोल्दै काययमुकायम प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले इमान्दारितका साथ नयाँ मुलुकी ऐन कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए । उनले मुलुकी ऐनलाई समय सापेक्ष सुधार गरेर नयाँ मुलुकी ऐन लागू गरिएको बताए ।

कायममुकायम प्रधानन्यायाधिश मिश्रले नयाँ मुलुकी ऐनले मुलुकलाई विधिको बाटोमा अघि बढाउने विश्वास पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);